नेपाली खेलाडी पहिलो पटक आईपीएलमा छानिए

0

इन्डियन प्रिमियर लिग आइपीएलमा नेपाली खेलाडी सन्दिप लामिछाने छानिएका छन् । निकै ठूलो लगानी रहेका प्रतियोगितामा नेपाली खेलाडी पहिलो पटक छानिएका हुन् ।

प्रतियोगिताको ११औं संस्करणको आइतवार भारतको बैंग्लोरमा भएको खेलाडी लिलामीमा लामिछानेका लागि राखिएको न्यूनतम मूल्य २० लाख भारुमा दिल्ली डेयरडेभिल्स क्लबले उनलाई लिएको हो ।