मुक्तिनाथ विकास बैंकले नेपालगन्ज उपमहानगरपालिकाको धम्बोजीमा नया“ शाखा विस्तार गरेको छ । शाखाको शुक्रबार नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले उद््घाटन गर्नु भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि बैश्यले बैंकिङ सेवा विस्तारबाट साना उद्योग तथा उत्पादिनशील क्षेत्रमा लगानी वृद्धि गरी स्वदेशमै रोजगारीको अवसरहरु सिर्जना गरेमा देशको आर्थिक अवस्था मजबुत हुने विश्वास व्यक्त गर्नुभयो । बैंकबाट कृषि तथा उद्योग क्षेत्रमा लगानी गरी स्थानीयलाई सरल र सुलभ सेवा प्रदान गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयका उपनिर्देशक कमल प्रकाश कालाथोकीले बैंकले कर्जाको आवश्यकता पहिचान गरी सोही क्षेत्रमा लगानी गरी साना कर्जा प्रवाह गर्दै सबैलाई उद्यमी बनाउन सहयोगी भूमिका खेल्नुपर्ने बताउनुभयो ।
नया“ शाखा सञ्चालस“गै बैंकले उपत्यकाभित्र ९ वटा शाखा तथा उपत्यका बाहिर ६६ वटा शाखासहित कुल ७५ वटा शाखा कार्यालयबाट रेमिटान्स सेवा, सी–आस्बा तथा वित्तीय सेवा प्रवाह गर्दै आइरहेको छ ।