निरन्तरको शीतलहरपछि फैलिएको चिसोले पर्सामा ४ को मृत्यु

0

निरन्तरको शीतलहरपछि फैलिएको चिसोले पर्सामा ४ जनाको ज्यान गएको छ ।

बुधबार पर्साको जीराभवानी गाउँपालिका–१, महादेवपट्टीमा चिसोले कठ्यांग्रिएर दुईजनाको मृत्यु भएको छ । महादेवपट्टी पकडिया टोलका ६० वर्षीय कमलखवास थारु र ३५ वर्षीय शम्भुमहरा चमराको मृत्यु भएको हो । मंगलबार राति खाना खाएर सुतेका खवास बुधबार बिहान ओछ्यानमा मृत अवस्थामा फेला परेको आफन्तले बताएका छन् ।

यसअघि मंगलबार बिहान पर्साकै वीरगन्ज महानगरपालिका वडा नम्बर २७ उदयपुरघुर्मीका ४० वर्षीय मञ्जु मण्डल धानुक र उनकी फुपु ६५ वर्षीया इनरमतिया देवीको चिसोले कठ्यांग्रिएर मृृत्यु भएको थियो ।