
३औं नाडा ओटो शो भदौ २६ देखि ३१ गतेसम्म राजधानीको भृकुटीमण्डपमा हुँदैछ । यसपटक १९ वटा चारपांग्रे र २० वटा दुईपांग्रे तथा ३२ वटा अन्य कम्पनी गरी कुल १ सय ३४ वटा कम्पनीको स्टल रहने छ ।
यस प्रकारका मेला आयोजना हुनुको प्रमुख उद्देश्य भनेकै आफँले कारोबार गर्ने उत्पादन तथा सेवाका बारेमा उपभोक्तालाई जानकारी प्रदान गरी सेवा तथा उत्पादन प्रदान गर्ने हो । शोमा विभिन्न कम्पनीका सवारी साधन, सवारी सुरक्षा प्रविधि, टायर, लुब्रिकेन्ट्स, स्पेयर पार्टस्, नयाँ प्राविधि, ब्याट्री, ग्यारेज उपकरण तथा अन्य एसोसेरिजहरू समेत रहने छ । यस वर्षको आकर्षण भनेको विद्युतीय सवारी साधन हो । यसमा अवलोकनकर्ताको चासो रहने विश्वास आयोजकले लिएको छ ।