नयाँ चलचित्र हरर कथामा निर्माण हुन लागेको ‘घर’ घोषणा

0

काठमाडौंमा एक कार्यक्रको आयोजना गरी चलचित्र ‘घर’को निर्माण घोषणा गरिएको छ ।

डीएस डिजिटलको ब्यानरमा निर्माण हुने चलचित्रको छायांकन माघबाट शुरू गरिने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पूर्णतया हरर कथामा निर्माण हुने चलचित्र ‘घर’मा शर्मिला पाण्डे प्रस्तुतकर्ता रहेको छ भने सुरज पाण्डे र निर्देशन दिपेन्द्र के खनालको लगानी रहने छ ।

शर्मिलाले यसअघि ‘लभ लभ लभ र चंगाचेट’लगायतका दुई सिनेमा निर्माण गरेकी थिइन् । चलचित्रमा सन्तोष अधिकारीको सहलगानी रहनेछ । निर्मात्री पाण्डेले डीएस डिजिटलले प्राविधिक उपकरण वितरणका साथमा चलचित्र पनि निर्माण गर्ने बताइन् । वर्षमा एउटा सिनेमा निर्माण गर्ने योजना आफूहरुको रहेको उनले बताइन् ।

यस्तै सिनेमालाई अर्पण थापाले निर्देशन गर्दैछन् । निर्देशक थापाले भने– ‘यो सिनेमाले दर्शकलाई तर्साउनेछ ।’ सिनेमाका लागि २ नायिकाको खोजी भइरहेको निर्माण पक्षले बताएको छ ।

कार्यक्रममा बोल्दै डीएस इन्टरटेन्मेन्टका सदस्य दीपेन्द्र के खनालले कथावस्तु राम्रो रहेकाले पनि लगानी गर्न लागेको बताएका थिए ।

एउटा ‘घर’ भित्र हुने घटनालाई सिनेमाले सस्पेन्स पारामा प्रस्तुत गर्नेछ । अर्पण थापाले नै सिनेमाको कथा लेखेका हुन् । कार्यक्रममा निर्माता माधव वाग्लेले सिनेमा सफलताको शुभकामना दिएका थिए । डीएस डिजिटलमा कलाकार सुरज पाण्डे पनि आवद्ध छन् । सुरज यही सिनेमाबाट निर्माणमा समेत हात हाल्दै छन् ।