नबिल बैंकले जोनडियर ट्रयाक्टरमा ७५ प्रतिशतसम्म लगानी गर्ने

0

जोनडियर ट्रयाटरमा लगानीका लागि नबिल बैंक र विवेक अटोमोबाइल्स प्रालिबीच सम्झौता भएको छ ।

बैंकले नेपाल राष्ट्र बैंकद्वारा निर्दिष्ट गरिए बमोजिम कृषि कर्जा कार्यक्रमको सीमालाई अझ प्रभावकारी र फराकिलो बनाउन विवेक अटोमोबाइल्स प्रालिस“ग सम्झौता गरेको हो ।

उक्त सम्झौतापत्रमा विवेक अटोमोबाइल्सका तर्फबाट अध्यक्ष विवेक दुगड तथा नबिल बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत अनिल केसरी शाहले हस्ताक्षर गर्नु भएको छ ।

नेपालको विभिन्न स्थानमा कृषि उपज कार्यका लागि जोन डियर ट्रयाक्टरलाई लिइने गरिन्छ । सम्झौता अनुसार बैंकले अमेरिकन ब्रान्डको जोन डियर ट्रयाक्टरलाई सरल तथा छरितो तवरले लगानी गर्ने बताएको छ । उक्त सम्झौताबाट नेपालको कृषि क्षेत्रमा सरल तवरबाट उत्पादन र आयआर्जनमा थप टेवा पुग्ने अध्यक्ष विवेक दुगडले बताउनुभयो । एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स जोन डियर ट्«याक्टर नेपालका लागि आधिकारिक बिक्रेता हो ।