नबिल बैंकको सी–आस्बा सञ्चालनमा

0

नबिल बैंकले धितोपत्र खरिद गर्न सी–आस्बा सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले सार्वजनिक निष्कासनमा धितोपत्र खरिद गर्न आवेदन दि“दा आनिवार्य रुपमा सी–आस्बासेवा मार्फत् मात्र आवेदन दिन पाउने व्यवस्थालाई मध्यनजर गरी यो सेवा सञ्चालनमा ल्याएको हो ।
बैंकले ग्राहकलाई समयमै सी–आस्बा रजिस्ट्रेसन नम्बर प्रदान गर्ने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको हो । ग्राहकले अब यस बैंकका सम्पूर्ण शाखाबाट सी–आस्बा कस्टमर रजिस्ट्रेसन नम्बर (सीआरएन) लिई सी–आस्बा प्रणालीमार्फत् धितोपत्र खरिद गर्न आवेदन दिन सक्नेछन् । ग्राहकले उक्त कस्टमर रजिस्ट्रेसन नम्बर लिए पश्चात् मेरो शेयरमार्फत् आफैं अनलाईन आवेदन दिन सक्नेछन् ।
साथै अनलाईन आवेदन दिन नसक्ने लगानिकर्ताको हकमा बैंकको कुनै पनि शाखामा गई सी–आस्बा फारम भरी आवदेन बराबरको रकम आफ्नो बैंक खातामा रोक्का राखी यस प्राणालीमार्फत् आवदेन दिन पनि सकिनेछ ।
बैंकले सी–आस्बास“गै सी–आस्बा रजिस्ट्रेसन, हितग्राही (डिम्याट) खाता खोल्ने, सी–आस्बा प्राणालीमार्फत् धितोपत्रमा लगानी गर्ने तथा मेरो शेयर रजिस्ट्रेसनमा समेत लाग्ने सम्पुर्ण बैंक शुल्क मिनाह गरेको छ ।