नबिल बैंकको मिड–कर्पोरेट एन्ड एसएमई हबको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले उद्घाटन गर्नुभयो ।
उक्त हबले मिड–कर्पोरेट तथा साना तथा मझौला प्रकृतीका व्यापार, उत्पादन र सेवाको काममा संलग्न व्यावसायिहरुलार्ई सेवा प्रदान गर्दछ । यस हबले नबिल बैंकका देशभरीका विभिन्न शाखाहरुमा हुने प्रत्यक्ष तथा अप्रत्यक्ष लघुवित्त सम्बन्धी क्रियाकलापहरुलाई समेत हेर्ने गर्दछ ।
मिड–कर्पोरेटले एउटा इकाई तथा समुहलाई ३ करोडदेखि १० करोड रुपियाँसम्मको कर्जा प्रवाह गर्दछ । एसएमईले ३ करोड रुपिया“सम्मको कर्जा प्रवाह गर्दछ भने लघुवित्तले कुनै व्यक्ति तथा इकाईलाई प्रत्यक्षरुपमा प्रदान गर्ने कर्जालाई समेट्छ । त्यसैगरी होलसेल कर्जाले एमएफआई र सहकारीलगायत एमएफआईमा गरिने शेयर लगानीलाई समेत समेट्छ ।
नबिल बैंक तथा युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्राम (सक्षम) ले लघु तथा साना र मझौला व्यवसायको क्षेत्रमा वित्तीय पहु“चलाई विस्तार गर्नको लागि हातेमालो गरेका छन् । देशमा सञ्चालित लघु, साना र मझौला व्यवसायमा गरिने लगानीमा पहु“च बढाउने उद्देश्यमा समर्पित एक विशेष एसएमई कर्जा इकाई स्थापना गरेर ग्रामीण भेगमा लघु, साना तथा मझौला व्यवसायमा लगानी गरी त्यस क्षेत्रको प्रवद्र्धनको लागि नबिल बैंकले सक्षम सँग मिलेर काम गर्न चाहेको छ । सोही लक्ष्य प्राप्तिको लागि आइतबार नै नबिल बैंक र सक्षमका बीचमा सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ ।
बंैकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिल शाहले मिड–कर्पोरेट एन्ड एसएमई हबको उद्घाटन र सक्षमस“ग समझदारीपत्रमा भएको हस्ताक्षरले देशभरी एसएमई तथा मिड–कर्पोरेट कर्जाको हिस्सालाई विस्तार गर्नको लागि नबिल बैंकले गरेको प्रतिबद्धतालाई थप मजबुत गराएको बताउनुभयो ।