धनगढीमा गोली हानेर ९ लाख लुटियो

0

कैलालीको धनगढीको ब्यस्त बजारमा लुटेराको समुहले गोली हानेर ९ लाख रुपिया लुटेको प्रहरीले जानकारी दिएको छ ।

नकाव लगाएर आएका २ जना लुटेराले निर्मल कार्कीलाई गोली हानी रकम लुटेका हुन ।

आईएमईबाट रकम निकाले बैकमा पैसा जम्मा गर्न जान लागेका काकीलाई गोली हानेर रकम लुटेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले लुटपाटमा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।

छाती र पाखुरामा २ गोली लागेर घाइते कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।