दुई भारतीय नागरिक विस्फोटक पदार्थसहित पक्राउ

0

शुक्रबार काँकटभिट्टाबाट काठमाडौँ आइरहेको ना७ख ४९७६ नम्बरको बसमा चेक जाँच गर्ने क्रममा दुई भारतीय नागरिक बिस्फोटक पदार्थसहित खानीखोला प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुका साथबाट सकेट बम, प्रेसरकुकर बम र बम बनाउन प्रयोग गरिने सामग्रीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।


प्रहरीले पक्राउ परेका भारतीय नागरिकको परिचय भने खुलाएको छैन् । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उनीहरुको परिचय नखुलाइएको प्रहरीले जनाएको छ ।
धादिङ जिल्ला प्रहरी प्रमुख एसपी ध्रुवराज राउतले बिस्फोटक पदार्थ र उपकरणसहित भातीय नगरिक पक्राउ परेको पुष्टि गरेका छन् ।