मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी चलचित्र ‘दयारानी’को रिलिज डेट घोषणा गर्नुका साथै फस्टलुक पोस्टर सार्वजनिक गरिएको हो ।
नयाँ वर्ष २०७६ जेठ १० गतेलाई प्रर्दशन मिति पनि फाइनल गरिएको हो ।
माओत्से गुरुङले निर्देशन गरेको ‘दयारानी’मा नायिका दीया पुन, नायक दयाहाङ राई, विजय बरालको मुख्य भूमिका छ ।
सिनेमा आर्टस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको हो । गुरुङ समुदायमा दयालु युवतीलाई ‘दयारानी’ भनिने भएकाले सिनेमाको नाम राखिएको निर्देशक गुरुङले बताए ।
एउटा खराब श्रीमान् र उसकी श्रीमतीको कथामा बनेको ‘दयारानी’मा शैलेन्द्रध्वज कार्कीले छायांकन गरेका हुन् । निर्देशक माओत्से गुरुङले नेपाली समाजको एउटा पात्रको कथालाई सुक्ष्म रुपमा उठान गरेको बताए । दर्शकले सिनेमा मन पराएको खण्डमा आफू सफल भएको ठान्ने उनले बताएका थिए ।
