दक्षिण कोरियाली साँगितीक टोली प्योङयाङमा

0

दक्षिण कोरियाको के–पप स्टारहरुले एक दशक भन्दा लामो समयपछि पहिलोप टक उत्तर कोरियामा सांगितीक कार्यक्रम प्रस्तुत गरेको उत्तर कोरियाली संचार माध्यमले आइतबार जनाएको छ । उत्तर र दक्षिण कोरियाबिच ऐतिहासिक शिखर वार्ता हुन गइरहेको बेला यो कार्यक्रमको आयोजना भएको हो ।
दुईवटा साँगितीक कार्यक्रमको प्रस्तुतिका लागि अहिले १ सय ५० जनाभन्दा बढी दक्षिण कोरियाली कलाकारहरु उत्तरको राजधानी प्योङयाङमा रहेका छन्् । यसै वर्षको शुरुमा मात्र दक्षिण कोरियाको पियोङचाङमा आयोजित हिउँदे ओलम्पिक्समा उत्तर कोरियाले आफ््ना कलाकारहरु पठाएका थिए ।
उत्तर कोरियाको विवादास्पद आणविक एवं क्षेप्यास्त्र कार्यक्रमको कारण महिनौं सम्म बिद्यमान दक्षिण र उत्तर कोरियाबिचको सम्बन्धमा अहिले निकै सुधार आइरहेको छ । स्थानिय समय अनुसार आइतवार साँझ इस्ट प्योङयाङ ग्रायन्ड थियटरमा एउटा साँगितीक कार्यक्रमको आयोजना भएको दक्षिण कोरियाली संचार माध्यमले जनाएको छ ।
अर्बो कार्यक्रम मंगलवार आयोजना हुने तय भएको पनि बताइएको छ । दक्षिण कोरियाली साँगितीक टोलिमा के–पप, रक र अन्य विधाका कलाकारहरु रहेका छन्् ।