दक्षिण एसियाली शारीरिक सुगठनमा उमेश र शोभा पहिलो स्थानमा

0

 

प्रथम दक्षिण एसियाली शारीरिक सुगठन तथा फिटनेस प्रतियोगिता–२०७५ काठमाडौंको भृकुटी मण्डपस्थित राष्ट्रिय सभागृहमा सम्पन्न भएको छ ।

एसियाली शारीरिक सुगठन फेडेरेशनको आयोजनामा नेपालका उमेश राई ओभर–अल च्याम्पियनशीपमा प्रथम स्थान हासिल गर्न सफल भए ।

उमेश ७५ केजी समूहमा प्रथम स्थान हासिल गर्दै ओभर–अल च्याम्पियनशीपमा दक्षिण एसियाका आठ मुलुकका खेलाडीहरुलाई पछि पार्दै प्रथम स्थान हासिल गरेको हो ।

यस्तै महिला बडी फिटनेसमा नेपालकी शोभा मानन्धरले पहिलो स्थान हात पारेकी छन् र नेपालकै पुजा गुरुङ्ग दोस्रो, पम्फा राई तेस्रो, र पुजा श्रेष्ठले चौथो उपाधि हासिल गरेकी छन् ।