साताको दोस्रो दिन आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाला सुनको मुल्य प्रतितोला ६० हजार रुपैयामा किनबेच भैरहेको छ ।
त्यस्तै तेजावी सुनको मुल्य ५९ हजार ७ सय रुपैयामा कारोबार भैरहेको छ ।
आज चाँदीको मुल्य पनि स्थिर रहेको छ ।
आज चाँदीको मुल्य प्रतितोला ७ सय ४५ रुपैयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।