ताइवानमा मंगलबार राती आएको शक्तिशाली भुकम्पपछि पनि पराकम्पन आउने क्रम जारी रहेको छ । भुकम्पका कारण मर्नेको सख्या ६ पुगेको सरकारी अधिकारीहरुले पुष्टि गरेको छन् ।
हुलियन सहरमा कयौं भवनहरुलाई ठुलो क्षति पुगेको छ । एउटा भवनमा १ सय ४० भन्दा बढी नागरिकका विषयमा अझै कुनै जानकारी प्राप्त नभएको बताइएको छ । पर्यटकहरुका लागि लोकप्रिय मानिने हुलियनको आवादी करिब १ लाख रहेको छ । हुलियन नगरका वासिन्दालाई तिनीहरुको क्षतिग्रष्त घरमा नबस्न भनिएको छ र लगातार पराकम्पनका कारण करिब ८ सय नागरिकले सामुदायिक भवनहरुमा आश्रय लिएका छन् ।
त्यसैगरी आवासिय तथा ब्यावसायिक प्रयोजनमा रहेको युनमेन कुइदी भवनपनि भुकम्पको धक्काले ढल्केको छ । यहाँ रहेका करिब १ सय ४३ जना अझै सम्पर्कमा नरहेको स्थानिय सन्चार माध्यमले जनाएको छ ।
आपतकालिन सेवाका लागि जिम्मेवार सरकारी विभागले भुकम्पका कारण क्षति पुगेका भवनहरुमा फसेका करिब सबैलाई निकालिसकेको जानकारी दिए ।
६ दशमलव ४ म्याग्निच्युडको उक्त भुकम्पका कारण दुईको मृत्यु भएको र अन्य कयौं घाइेतेको ताइवानका अधिकारीहरुले बताएका छन् । घाइतेको संख्यक कम्तिमा २ सय पुगेको उनीहरुले जानकारी दिए ।
भुकम्प स्थानिय समय राती ११ बजेर ५० मिनेट जाँदा आएको थियो । सामाजिक सन्जालहरुमा राखिएका तस्विरहरुमा सडक तथा अग्ला भवनहरुलाई धेरै क्षति पुगेको देखिएका छन् । स्थानिय सन्चार माध्यमहरुले १० तल्लाको मार्सल होटलको भुमिगत तल्लामा कम्तिमा दुई कर्मचारी फसिरहेको आसंका गरेका छन् ।
भुकम्प प्रभावित इलाकाका वासिन्दालाई भुकम्पपछिको पराकम्पनका कारण ग्यास चुहावतको सम्भावना समाप्त नभएसम्म घर नफर्कन सल्लाह दिएको छ । हुआलिन दमकल विभागले केहि क्षति पुगेका भवनवाट कम्तिमा २८ जनालाई सुरक्षित निकालिएको जानकारी दिएको छ ।
पिडितहरुको उद्धार तथा राहतका लागि आपतकालिन कर्मचारीलाई सहयोग गर्न सेना पनि परिचालन गरिएको छ । भुकम्पले राजमार्ग तथा पुलहरुमा पनि क्षति क्षति पुगेका छन् ।
ताइवानको भौगोलिक स्थिति दुई भुगर्भिय प्लेट एक आपसमा मिलेको स्थानमा भएकोले भुकम्प आइरहने गर्छ । (एजेन्सी)