गत साउनमा मुलुकको तराई क्षेत्रमा गएको बाढी पछिको अवस्थालाई लिएर लैंगिक अध्ययन र बिश्लेषण गरिएको छ । लैंगिक मैत्री बिपद् ब्यवस्थापन समूह, युएन वुमन, र युएनएफपीएले गरेको अध्ययनमा बिपदका बेला महिला तथा वालवालिकाहरु बढि प्रभावित हुने भएकाले उनीहरु माथि बिशेष संवेदनशीलता अपनाउनु पर्ने उल्लेख छ ।
बिपद पद्धिको उद्धार, राहत बितरण, पुननिर्माण लगायतमा महिलाको अवस्था र सहभागितालाई लिएर गरिएको अध्ययनको प्रतिवेदन सार्बजनिक समारोहमा बोल्दै लैंगिक बिपद ब्यवस्थापन समूहकी अध्यक्ष चाँदनी जोशीले महिलाको अवस्थालाई बेवास्ता गर्ने गरिएको बताउनु भयो । उहाँले बिशेषगरी पूर्व तयारीमा महिलाहरुलाई परिचालन गर्न सके ब्यवस्थापनमा सहज हुने बताउनु भयो । महिला मन्त्रालयका प्रतिनिधि डोरेन्द्र निरौलाले बिपदको प्रारम्भिक चेतावनी (पूर्व जानकारी) पूणाली प्रभावकारी रहेको बताउनु भयो । उहाँले बिपद ब्यवस्थापनका बारेमा जनप्रतिनिधिहरुसंगको सहकार्य महत्वपूर्ण हुने बताउनु भयो । यसैगरी गृहमन्त्रालयका प्रतिनिधि मनिष मिश्रले राहत बितरण लगायतका कार्यमा स्थानीय आवश्यक्ता पहिचान गर्नु महत्वपूर्ण हुने बताउदै गृहमन्त्रालयले बाढीका बेला गरेका कार्यहरुको बारेमा जानकारी दिनु भयो ।
मिडिया एड्भोकेसी ग्रुपकी अध्यक्ष बबिता बस्नेतले अध्ययनका क्रममा महिला भित्रका बिबिधतालाई समेटेको र स्थानीय महिला संस्थाहरुलाईनै परिचालन गरिएको बताउनु भयो । यसैगरी युएनवुमनकी समा श्रेष्ठले युएनवुमनले बिपद पछिको अवस्थामा महिलाहरुका आवश्यक्तालाई सम्बोधन गर्न बिभिन्न कार्यक्रम गरि रहेको जानकारी दिनु भयो । तराईका प्रभावित १२ वटा जिल्ला मध्ये समूहले पाँच जिल्ला सुनसरी, सप्तरी, रौतहट, सर्लाही र महोत्तरीलाई समेटेर अध्ययन गरेको थियो । सलिना जोशी र बबिता बस्नेतद्वारा गरिएको उक्त अध्ययनले भविष्यमा हुने बिपद्मा महिलाका आवश्यक्तालाई सम्बोधन गर्न सरकार र सम्बन्धित क्षेत्रलाई मद्दत पुग्ने लैंगिक बिपद ब्यवस्थापन समूहले जनाएको छ । समूहमा होम नेट साउथ एशिया, महिला, कानून तथा बिकास मञ्च, साथी, यिबोण्ड बेइजिङ्ग कमिटी, मिडिया एड्भोकेसी ग्रुप (म्याग) एकल महिला समूह, फेडो र जागरण नेपाल रहेका छन ।