नेपाली कथानक चलचित्र ‘ड्रिम गर्ल’को ट्रेलर सार्वजनिक गरेको छ ।
काठमाडौंमा एक कार्यक्रमबीच चलचित्र ‘ड्रिम गर्ल’को ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलर सार्वजनिक सँगसँगै निर्माण टिमले अर्को दुई वटा चलचित्र बनाउने घोषणा गरेको छ । ती ह्ुन् ‘चुरीफुरी’ र द्रोपदी’ ।
लभस्टोरी कथामा निर्माण भएको ‘ड्रिम गर्ल’ आकाश श्रेष्ठ र आश्मा गिरीका साथमा विल्सन विक्रम राई, शिशिर भण्डारी, पुजा पराजुली, लक्ष्मी गिरी, अर्जुन श्रेष्ठ, रश्मी भट्ट, सुरवीर पण्डित, सरोज खनाल, निर्मल शर्मालगायतको मुख्य भूमिका रहेको छ ।
नवीन निरौलाको सम्पादन रहेको चलचित्र ‘ड्रिम गर्ल’मा राहुल राईको छायांकन, अर्जुन पोखरेलको संगीत र गम्भीर विष्टको कोरियाग्राफी रहेको छ ।
काठमाडौं, मुस्ताङ तथा थाइल्यान्डका विभिन्न स्थान खिचिएको छ भने आरबी मुभिज र रिल एण्ड रियल पिक्चर्स प्रा.लि.को ब्यानरमा निर्माण गरिएको थियो ।
निर्देशक तथा निर्माता ऋषिराज आचार्यका साथै अर्जुन शर्मा र रामेश्वर धितालले पनि लगानी गरेका छन् ।