मंसिर २८ गते सिरिल हुने चलचित्र ‘डोली’ को ट्रेलर सार्वजनिक गरिएको छ ।
सामाजिक प्रेमकथामा निर्माण भएको चलचित्र ‘डोली’को सार्वजनिक ट्रेलरमा माया, प्रेम द्वन्द्व र हाँस्यलाई स्थान दिइएको छ ।
राजबहादुर रानेले निर्देशन रहेको किशोरा खतिवडा, सानिया खान, पृथ्वीराज प्रसाईं, शान्त भण्डारी, संगीता नापित, दामोदर खतिवडा, प्रिया रिजाल, अर्जुन गुरु«, नवीन रेग्मी, हिउँवाला गौतमलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
चलचित्रको कथा तथा पटकथा पनि निर्देशक सानेले नै तयार पारेका हुन् भने सिडी अधिकारी, बाबुल गिरी र पुरुषोत्तम न्यौपानेको संगीत रहेको ‘डोली’ जयराम थापाको छायांकन, शंकर महर्जनको द्वन्द्व निर्देशन गरेका छन् ।
उक्त चलचित्रमा गीतको कोरियाग्राफी श्रीकृष्ण परियारको रहेको छ । रेड वर्ड प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा ‘डोली’मा किरण नेपालीको लगानी रहेको छ ।