टेलिकमद्वारा गोरखाको दुर्गम गाउ“मा सेवा विस्तार

0

नेपाल टेलिकमले मनास्लु पदमार्गमा पर्ने गोरखाको माथिल्लो दुर्गम क्षेत्र गमलाडा“डा र ल्होमा जीएसएम मोबाइल सेवा विस्तार गरेको छ ।

कम्पनीले गोरखाको माथिल्लो क्षेत्र चुमनुर्वी गाउ“पालिकाको ३ नम्बर वडा गमलाडा“डा र सोही गाउ“पालिकाको वडा नम्बर २ ल्होमो टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याएको हो ।

गमलाडा“डामा राखिएको बीटीएस टावरवाट उक्त गाउ“पालिकाका लाक्पाल, यारुफा“ट, जगत, सल्लेरी, भालुवन, पाती, फिदिमलगायत आसपासका अति दुर्गम गाउ“का बासिन्दाहरु मोबाइल सेवाबाट लाभान्वित भएका छन्् ।

यस्तैगरी ल्होमा जडान भएको टावरबाट ल्हो, ख्याला, स्यो, लि लगायतका गोर्खाका अति विकट उत्तरी क्षेत्रका वासिन्दाहरु मोबाइल सेवाबाट लाभान्वित भएका छन्् । यसका साथै मनास्लु क्षेत्रको पदयात्रामा गएका पर्यटकसमेत मोबाइल सेवाको उपभोग गरी लाभान्वित हुन सक्ने भएका छन्् । ््

गोर्खा जिल्लाको विकट यी उत्तरी गाउ“मा सोलार ब्याट्री राखेर टावर सञ्चालन गरिएको छ । दुवै स्थानमा स्याटेलाइट लिंकबाट सञ्चालन हुने गरी जीएसएम मोबाइल सेवा पु¥याइएको छ । ल्होमा समुद्री सतहबाट करिब ३५ सय ६५ मिटर उचाइमा र गमलाडा“डामा १५ सय मिटरको उचाइमा टावर राखेर सेवा प्रदान गरिएको छ ।

ल्हो गाउ“ हालसम्म एक प्रकारले दूरसञ्चार सेवाको पहु“चबाट बञ्चित जस्तै थियो । अति दुर्गम क्षेत्र हुनुको साथै बस्ती टाढा–टाढा भएकाले टेलिफोन गर्न अर्काे गाउ“सम्म पुग्नुपर्दा स्थानीय बासिन्दालाई निकै कठिनाइ भइरहेको थियो । नेपाल टेलिकमले दुर्गम क्षेत्रको उक्त ल्हो गाउ“का ग्राहकका लागि ५ सय वटा सिम र गमलाडा“डाका ग्राहकका लागि ३ सय ५० वटा सिम गाउ“मै लगेर निःशुल्क वितरण गर्ने कार्य पनि सम्पन्न गरेको छ । गमलाडा“डा सदरमुकाम गोरखा बजारबाट करिब ३० कोष र ल्हो ५५ कोषको दूरीमा पर्छ ।