टेलिकमको खुद नाफा करिब १२ अर्ब

0

नेपाल टेलिकमले चालू आर्थिक वर्षको नौ महिनामा ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार रुपियाँ खुद मुनाफा गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ११ अर्ब ३२ करोड १८ लाख १९ हजार रुपिया“ मुनाफा गरेको थियो । यस अवधिमा कम्पनीले ४ दशमलव ७२ प्रतिशत बढी नाफा गरेको छ ।

कम्पनीले सो अवधिमा ३३ अर्ब ८५ करोड ३२ लाख ७० हजार रुपियाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३२ अर्ब ८६ करोड ८९ लाख १७ हजार रुपियाँ आम्दानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले ३ प्रतिशत बढी आम्दानी गरेको छ ।

कम्पनीले सेवा बिक्रीबाट २९ अर्ब ३९ करोड २१ लाख ३७ हजार र अन्यबाट ४ अर्ब ४६ करोड ११ लाख ३३ हजार रुपियाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सो अवधिमा कम्पनीको सेवा बिक्रीबाट २९ अर्ब ७४ करोड ९४ लाख ६३ हजार र अन्यबाट ३ अर्ब ११ करोड ९४ लाख ५४ हजार रुपिया“ आम्दानी भएको थियो ।

कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपियाँ रहेको छ । जगेडा कोषमा ७९ अर्ब ६९ करोड ५ लाख १५ हजार रुपियाँ जम्मा भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी १०५ दशमलव ३९ रुपियाँ छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्दै जाँदा र भाइबर, स्काइप, म्यासेन्जर जस्ता ओटीटी सेवाको प्रभावका कारण अन्तर्राष्ट्रिय कलबाट हुने आम्दानी घटिरहेको छ, जुन विश्वव्यापी रुपमा देखिएको प्रवृत्ति नै हो ।

आगामी दिनमा समेत कम्पनीको आर्थिक अवस्था मजबुत बनाउनका लागि कम्पनीले डाटा सेवा व्यापक रुपमा विस्तार गर्न फाइवर टु दि होम, फोर जी सेवाको विस्तार लगायतका विभिन्न कार्यक्रम अघि बढाएको छ ।