‘शिक्षामा समानता आजको आवश्यकता’ भन्ने नाराको साथ टाटा मोटर्स तथा सिप्रदी ट्रेडिङले वाकाथन आयोजना गरेको छ ।
टाटा र यसको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङद्वारा संयुक्त आयोजित वाकाथनको प्रमुख उद्देश्य नेपाली शिक्षा क्षेत्रमा सकारात्मक योगदान पु¥याउनु रहेको जनाइएको छ ।
यस कार्यक्रममा सहभागी हरेक व्यक्तिबराबर हजार रुपिया“का दरले टाटा र सिप्रदीद्वारा शिक्षा क्षेत्रको विकासका लागि आर्थिक सहयोग प्रदान गर्नेछ ।
करिब पा“च सय जनाको सहभागिता भएको वाकाथन टाटा मोटर्सको शोरूम रहेको थापाथलीबाट शुरू भई त्रिपुरेश्वर, रत्नपार्क, भद्रकाली, माइतीघर हु“दै करिब ४ किलोमिटरको दूरी पार गर्दै पुनः थापाथलीस्थित टाटाको शोरूममा पुगेर टुंगिएको थियो ।
कार्यक्रममा टाटा मोटर्स नेपालको लागि कन्ट्री म्यानेजर अजितनारायण सिंहले आफूहरूले यस वर्ष पनि नेपालको शिक्षा जगतको विकास र विस्तारको लागि केही नयाँ प्रयास गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहा“ले यस्ता कार्यक्रमले शिक्षासम्बन्धी व्यापक चेतनाको विकासको लागि ठूलो भूमिका खेल्ने र अरुलाई पनि यस्तै कार्य गर्न उत्प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ सम्शेर राणाले सिप्रदीले सधैं सामाजिक उत्तरदायित्व प्रभावकारी ढंगले पूरा गर्न कटिबद्ध रहेको जनाउनुभयो । एक वर्ष अगाडि टाटा र सिप्रदीले संयुक्त रूपमा शिक्षाको लागि टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरेको थियोे ।