टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालि र यसको आधिकारिक वितरक सफल अटो इन्टरनेसनलको संयुक्त सहकार्यमा बुटवलमा शुक्रबारदेखि टाटा मोटर्स कार मेला सुरु भएको छ ।
बुटबलमा पहिलोपटक भएको यो मेला आइतबारसम्म सञ्चालन हुनेछ ।
देशका अन्य भागमा आयोजना गर्दा यस कार मेलाले ग्राहक तथा दर्शकहरूबाट धेरैभन्दा धेरै सकारात्मक प्रतिक्रियाहरू पाइरहेको हुनाले यो वर्षदेखि बुटवलमा पनि आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ । यस मेलामा ग्राहकले विभिन्न आकर्षक अफरका साथ टाटाका कार खरिद गर्न सक्नेछन् ।
मेलाका मुख्य आकर्षणमा टाटा प्यासेन्जर गाडीहरूको बृहत् प्रदर्शनी, टेस्ट ड्राइभ, एक्स्चेन्ज र अन द स्पट फाइनान्स सुविधा रहेको छ । त्यस्तै, स्विमिङ पुल, नेल आर्ट, फेस पेन्टिङ, फोटोसुट, फुड स्टललगायत विभिन्न सांगीतिक एवं मनोरञ्जनात्मक कार्यक्रम रहेको कम्पनीले जानकारी दिएको छ ।
मेलामा टाटा मोटर्सद्वारा नयाँ पुस्तालाई लक्षित गरी तयार गरिएको टाटा नेक्सन कारको बृहत् प्रदर्शनी तथा टेस्ट ड्राइभ गर्न सकिने जनाइएको छ । कारका पारखीलाई लक्षित गरिएको यो मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
विशेष गरी कारका पारखीहरूका लागि लक्षित गरेर आयोजना गरिएको उक्त कार मेलामा सम्पूर्ण दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
देशभरि टाटा मोटर्सका कमर्सियल गाडीमा समर्पित १८ बिक्री कार्यालय र २४ सेवा केन्द्र रहेका छन् । यसका पेसेन्जर गाडीमा समर्पित २० सोरुम र २५ सेवाकेन्द्र रहेका छन् ।