टाटा नेक्सन नाम कन्टेस्टको विजेता घोषित

0

टाटा मोटर्स् नेपालले फेसबुक अभियान ‘टाटा नेक्सन नाम कन्टेस्ट’ को विजेता घोषित गरेको छ । यस फेसबुक अभियानमार्फत पा“च जना विजेताले १ तोला सुन जित्न सफल भएका छन् ।

फेसबुकमा आफ्नो नामको बीचमा ‘नेक्सन’ राखी टाटा मोटर्स्को पेज लाइक गरी सहभागी भएका प्रतियोगीमध्ये ५ जना विजेताहरू सुरज नेक्सन निरौला, महेश नेक्सन भट्टराई, हरि नेक्सन खड्का, राधाकृष्ण नेक्सन पाठक र सापकोटा नेक्सन सुवोध विजयी भएका छन् ।

उक्त इभेन्टलाई सम्बोधन गर्दै टाटा मोटर्सका जनरल म्यानेजर प्रविन खतिवडाले सहभागी प्रतियोगीलाई धन्यवाद ज्ञापन गर्दै भन्नुभयो– ‘यस क्याम्पेनको आइडिया सिप्रदी मार्केटिङ टिमले सिर्जना गरेको हो र यस प्रकारको क्याम्पेन नेपालमै पहिलोपटक आयोजना भएको हो । जहा“ प्रोडक्टको नामलाई नै आफ्नो बीचको नाम बनाउनुपर्ने थियो । विशेषगरी प्रयोगकर्तालाई कसरी योजनामा समावेश गर्न सकिन्छ भन्ने अवधारणामा यो क्याम्पेन लन्च गरिएको हो । पछिल्लो दुई महिनामा ६ सय १८ जना सहभागीले आफ्नो बीचको नाम परिवर्तन गरेका थिए । हामीले ५ जना विजेता घोषित गरे तापनि ६ सय १८ जना सहभागी नै हाम्रो लागि विजेता हुनुहुन्छ र निकट भविष्यमा पनि टाटा मोटर्स्ले यस्ता प्रतियोगिताहरु निरन्तर रुपमा ल्याउनेछ ।’
टाटा नेक्सनको यस फेसबुक अभियान जनवरी २०१८ देखि शुरु भई फेब्रुअरी २०१८ मा सम्पन्न भएको थियो ।