ज्योति लाइफ इन्स्योरेन्स शाखा थप

0

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा योजना तथा सेवामा सर्वसाधारणको पहु“च सहज बनाउन शाखा सञ्जाल विस्तारलाई प्राथमिकतामा राखी विगत सात दिनभित्र मीनभवन, गुलरिया, कोहलपुर, घोराही, जीतपुर, भैरहवा, बर्दघाट गरी ७ वटा नया“ शाखा, उपशाखा स्थापना गरी सेवा शुरू गरेको र ती शाखा सञ्चालनपश्चात कम्पनीको शाखा सञ्जाल ३३ पुगेको छ।

शाखा सञ्जालबाहेक इच्छुक व्यक्तिले बैंकासुरेन्स सम्झौताअनुरुप एनएमबी बैंकका ९० भन्दा बढी शाखा सञ्जालबाट समेत यस कम्पनीले जारी गरेका बीमा योजना खरिद गर्न सक्नेछन्् ।