ज्योतिलाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंको सुकेधारा र दोलखाको चरिकोटमा शाखा कार्यालय बिस्तार गरेको छ ।
गत असोज ८ गतेबाट एकै दिन देशका विभिन्न १० स्थानबाट सेवाआरम्भ गरेको ज्योतिलाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्थापनाको छोटो अवधिमा नै ७ वटै प्रदेशमा क्षेत्रिय कार्यालय, शाखा तथा उपशाखा गरी ५४ वटा सेवाकेन्द्रबाट जीवनबीमा सेवा दिईरहेको छ । पछिल्लो पटक संचालनमा आएका जीवनबीमा कम्पनीमध्ये शाखा संजाल विस्तारमा ज्योतिलाईफ अग्रस्थानमा रहने कम्पनीहरुमा पर्दछ ।
विभिन्न व्यक्ति तथा संस्था गरी ४२ जना संस्थापकहरु रहेको यस कम्पनीको अधिकृत पु“जी ३ अर्ब रुपिया“ र जारी पु“जी २ अर्ब २० करोड रुपिया“ रहेको छ । हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम बराबर अर्थात १ अर्ब ५४ अर्ब चुक्तापु“जी रहेको यस कम्पनीले ६६ करोड रुपिया“ बराबरको शेयर जारी गरी २ अर्ब २० करोड पु¥याउने लक्ष लिएको छ ।