प्रभु बैंकको ज्ञानेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकको ज्ञानेश्वर शाखा कार्यालय बैंकका सञ्चालक पुष्पबहादुर प्रधानले उद्घाटन गर्नुभएको हो ।
मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयमध्ये प्रभु बैंकको दरबारमार्ग शाखाको कारोबारलाई कमलादी शाखामा गाभेर बैंकको दरबारमार्ग शाखा कार्यालयलाई ज्ञानेश्वरमा स्थानान्तरण गरिएको हो ।
यसका साथै मर्जरको क्रममा दोहोरिन गएका बैंकका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको बैंकले जनाएको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालय सञ्चालन हु“दा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहक सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ सुविधा प्राप्त गरी लाभान्वित हुने बैंकको विश्वास छ ।