जेसिकाले जितिन दोहोरो उपाधी

0
झापाकी जेसिका गुरुङ्गले योनेक्स सनराईज सातौं पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो उपाधीका साथ स्वर्ण हात पार्न सफल भएकी छिन् ।
तामाङ्ग परिवारको एक छत्र राजलाई तोड्दै सेमिफाईलनमा नम्बर एक खेलाडी नङ्गशल तामाङ्गलाई पराजित गर्दे फाईनल यात्रा तय गरेकी गुरङ्गले महिला एकलमा तथा यु १९ फाईनलमा सेनाकी रशिला महर्जनमाथी २१।१३, २१।१६ तथा २१।१४, २१।१६ को जित निकाल्दै दोहोरो स्वर्ण हात पार्न सफल भएकी हुन् । जित पछि गुरुङ्गले आफु जितबाट निकैनै हर्षित भएको र नयाँ प्रशिक्षक तथा नयाँ प्रशिक्षण स्थल प्राप्त गर्नाका कारण प्रतियोगितामा जित निकाल्न सकेको बताईन् । गुरुङ्गलाई हाल पूर्व प्रशिक्षक बिकास श्रेष्ठले जेष्ट ब्याडमिन्टन एकेडेमीमा प्रशिक्ष प्रदान गर्दै आईरहेका छन् ।
गुरुङ्गले महिला एकल तर्फ नगद ५० हजार र यु १९ तर्फ नगद १५ हजार गरि ६५ हजार नगद सहित मेडल प्रमाण पत्रका साथै ट्रफी प्राप्त गरिन् । महिला एकल तर्फ दोश्रो हुने खेलाडीले २५ हजार र तेश्रोले १० हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै यु १९ तर्फ दोश्रो स्थान प्राप्त गर्ने खेलाडीले ७ हजार र तेश्रोले ४ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।
महिला जोडी तर्फ पनि जितको आशा गरेकी गुरुङ्ग फाईनलमा सेनाका नङ्गशल तामाङ्ग र अनु राईको जोडी संग २१।१६, २१।१८ले पराजित भई रजतमा चित्त बुझाउन बाध्य भईन् । गुरुङ्गको जोडीमा सुनैना मुखिया रहेकी थिईन् ।
बिजेता टिमले पहिलो भए बापत २० हजार, दोश्रोले १० र तेश्रोले ५।५ हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
एमाले भातृ संगठन खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकल तर्फ आफ्नो जितलाई निरन्तरता प्रदान गर्दै सेनाका रत्नजित तामाङ्ग बिजयी भए । उनले एपिएफका धामी माथी २१।१३ र २१।१२ को जित निकाले । यो उनको पुष्पलाल स्मृतीको छैटौं पटकको बिजय हो । यसका साथै उनले लगातार जितलाई २५ औं संख्यामा पु¥याए । तामाङ्गले नगद ५० हजार मेडल र ट्रफी प्राप्त गरे । उपबिजेता धामीले नगद २५ हजार र तेश्रो हुनेले नगद १०।१० हजार प्राप्त गरे ।
पुरुष जोडी तर्फ सेनाका नम्बर एक रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडीले सफलता हात पा¥यो । तामाङ्ग र श्रेष्ठको जोडीले दिपेश धामी र बिजित थापामगरको जोडीलाई २१।१३, २१।१५ले पाखा लगाउंदै स्वर्ण हात पारेको हो ।
तामाङ्ग र श्रेष्ठको जोडीले नगद २० हजार, धामी र थापा मगरको जोडीले १० हजार र तृतिय हुने टोलीले नगद ५।५ हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
पुरुष यु १९ तर्फ सेनाका प्रफुल महर्जनले आफ्नै क्लबका रुकेश महर्जनलाई २१।१६, २१।१८ ले पराजित गर्दै स्वर्ण हात पारे । पहिलोले नगद १५ हजार, दोश्रोले ७ हजार र तेश्रोले नगद ४।४ हजारका साथ ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे ।
प्रतियोगिताको भेट्रानस जोडी तर्फ धनकुटाका योगश्वर श्रेष्ठ र किरण प्रधानको जोडी ललितपुरका सुनिल शाक्य र सुगत रत्न शाक्यको जोडी माथि भारी परे । श्रेष्ठ र प्रधानको जोडीले शाक्य जोडीलाई २१।१५, २१।१४ ले जित हात पारे । श्रेष्ठ र प्रधान जोडीले नगद १५ हजार, शाक्य जोडीले १० र तेश्रो हुनेले ५।५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।
बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी पूर्व युवा तथा खेलकुद मन्त्री तथा खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेल, डिआईजी तथा ब्याडमिन्टन खेलाडी ज्ञानबिक्रम शाह लगायतले पुरस्कार बितरण गरेका थिए ।
पुरस्कार बितरण कार्यक्रममा प्रमुख अतिथीलाई आयोजक संघका अध्यक्ष एवं राखेप सदसय बिरेन्द्र श्रेष्ठले मायाको चिनो प्रदान गरेका थिए ।