चलचित्र ‘जय भोले’ले मिति र पोस्टर सार्वजनिक गरेको छ ।
दशैंको फूलपाटी (असोज ३्र० गते) बाट प्रदर्शन आउन लागेको चलचित्र ‘जय भोले’ का टिमले पोस्टर सार्वजनिकसँगै मिति पनि सार्वजनिक गरेको हो भने नेपालभर प्रदर्शन आउने छ ।
चलचित्र ‘जय भोले’ मा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, सलोन बस्नेत, सौगात मल्ल, राजाराम पौडेल, बुद्धि तामाङ, बसुन्धारा भुषाल, लक्ष्मी गिरी, जयनन्द लामा, शारदा गिरी, रामचन्द्र अधिकारी, सुरबीर पण्डित, किशोर अधिकारी र सुरेन्द्र
केसीलगायतको अभिनय रहनेछ ।

ए ए गु्रपको ब्यानरमा तयार भएको चलचित्र अशोक शर्माले निर्देशन गरेका छन् भने झापा र इलाममा छायांकन गरिएको छ ।
चलचित्रको कथा अभिनेता खगेन्द्र लामिछानेको कथा रहेको छ । राजनराज शिवाकोटी र कल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, वसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको व्दव्द, पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।
किरण शर्मा, कृति शर्मा र अंकित शर्माले लगानी गरेका छन् ।
