जनप्रभात माविले ६८औं जन्म जयन्ती आफ्नै प्रांगण कालिमाटी वडा नं. १३ मा सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भयो थियो ।
सो अबसरमा प्रमुख अतिथी काठमाडौं महानगरपालिकाका मेयर शाक्यले महानगरले छिटोभन्दा छिटो नयाँ शिक्षाको योजना ल्याउने जानकारी गराउनुभयो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष रामशरण डङ्गोलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यममा पठनपाठन हुँदै आएको जानकारी दिँदै यस वर्ष नयाँ विद्यार्थी भर्ना एक सयको आकडा पार गरिसकेको र विद्यार्थी भर्ना अभियान बैशाख मसान्तसम्म जारी रहने बताउनु भयो । सो अबसरमा कक्षा १ देखि १२ सम्म करीब ६ सय विद्यार्थी अध्ययनरत भएको बताउनुभयो ।
प्रधानाध्यापक सतेन्द्रलाल कर्णले विद्यालयमा व्यावसायिक शिक्षा सञ्चालन गर्न विभिन्न दातृ संघसंस्थासँग पहल भइरहेको बताउनुभयो ।
कामपा–१३ का वडा सदस्य रामबाबु कोइरालाले पनि आफ्नो मन्तब्य राख्नु भएको थियो ।
सो अवसरमा मेयर शाक्यले कक्षा १० की छात्रा करिश्मा बस्नेतलाई रु ११ हजारबाट पुरस्कारसहित उत्कृष्ट छात्रा पुरस्कार प्रदान गर्दै झन्डै ८ लाख रुपैयाँको लागतमा निर्माण गरिएको आईसिटी ल्याबको समेत उद्घाटन गर्नुभएको थियो ।