जनता बैंक दोर्दी शाखाको उद्घाटन

0

जनता बैंक नेपालको लम्जुङको दोर्दी शाखाको प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वी सुव्बा गुरुङले उद्घाटन गर्नुभएको छ ।

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री गुरुङले सरकारको प्रत्येक गाउँपालिकामा बैंक शाखा पु¥याउने नीतिअनुरुप दोर्दीमा जनता बैंकको शाखा स्थापना भएको भन्दै सबै स्थानीयलाई बैंकको सहयोगमा उद्यमशील बन्न आग्रह गर्नुभयो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै बैंक सञ्चालक समिति अध्यक्ष केशवबहादुर रायमाझीले त्यस भेगका जनतालाई बैंकको सहयोग लिई जीवनस्तर माथि उठाउन आग्रह गर्नुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले देशको ग्रामीण तहसम्मका जनताहरुको पहुँचमा बैंकिङ सेवा पु¥याउने लक्षअनुसार यो शाखा खोलिएकाले यहाँबाट आधुनिक बैंकिङ सुविधा लिई जीवनस्तरलाई सहज बनाउन आग्रह गर्नुभयो ।

शाखा उद्घाटनकै अवसरमा दोर्दी गाउँपालिका परिसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । जनता बैंकको आयोजना तथा अल्का अस्पताल जावलाखेलको प्रविधिक सहयोगमा एक दिने स्त्री तथा प्रसुती रोग, नाक-कान-घा“टी र सामान्य स्वास्थ्य परिक्षणको शिविर सञ्चालन गरिएकोमा ३ सय २४ जना बिरामीले स्वास्थ्य परीक्षण गराएका छन् ।

त्यसैगरी जनता बैंककै आयोजना र नेपाल नेत्रज्योति संघ तथा हिमालय आँखा अस्पताल पोखराको प्रविधिक सहयोगमा सोही स्थानमा आँखा शिविर सञ्चालन गरिएको छ । परीक्षणस्थलमै मोतीबिन्दूको निःशुल्क शल्यक्रियाको समेत व्यवस्था गरिएको थियो ।