जगदम्बा सिमेन्ट उद्योगले ग्राहक तथा उपभोक्ताको मागलाई मध्यनजर गर्दै आफ््नो उत्पादनलाई विस्तार गरेको छ ।
विश्वस्तरीय प्रविधि जडान गरी उत्पादनलाई थप गुणस्तरीय बनाउने उद्देश्यले जगदम्बा सिमेन्टले अत्याधुनिक प्रविधि भर्टिकल रोलल मिल्स (भीआरएम) जडान गरी उत्पादन सुचारु गरेको छ । यस प्रविधि नेपालमा भित्र््याउने जगदम्बा सिमेन्ट दोस्रो कम्पनी हो भने यो प्रविधि जगदम्बा सिमेन्टको वीरगन्जस्थित शुभश्री जगदम्बा सिमेन्ट मिल्स प्रालिमा जडान गरिएको छ । हालको उत्पादन ४५, हजार बोरा प्रतिदिन रहेकोमा यो प्रविधि जडानपश्चात कम्पनीको उत्पादन करिब दोब्बरको हाराहारीमा पुग्ने कम्पनीले जनाएको छ ।
भीआरएम प्रविधि जडान गरी कम्पनीले तेस्रो उद्योग नेपाल जगदम्बा सिमेन्ट ई. प्रालिबाट पनि चा“डै उत्पादन शुरु गर्ने जनाएको छ । तेस्रो उद्योग सञ्चालन पश्चात कम्पनीको उत्पादन प्रतिदिन १ लाख १० हजार बोरा हुने कम्पनीले जनाएको छ । एकातर्फ देशको बढ््दो सिमेन्टको मागलाई सम्बोधन गर्दै सिमेन्ट उद्योगलाई नै आत्मनिर्भर हुन टेवा दिइरहेको छ भने अर्कोतर्फ ग्राहक तथा उपभोक्ताको गुणस्तर प्रतिको चाहनालाई आत्मसाथ गर्दै उपलब्धताको सुनिश्चितता प्रदान गरेको छ ।