‘छक्का पञ्चा ३’ ले दियो सक्सेस पार्टी, पार्टीमा सम्मानसमेत

0

 

‘छक्का पञ्जा–३’ ले ५१औं दिन मनाउन सफलतामा खुसी साट्दै, चलचित्रका कलाकार, प्राविधिक तथा सञ्चारकर्मीलाई सम्मानसमेत गरे ।

मंगलबार राजधानीमा एक कार्यक्रम गरी प्रदर्शनको ५१औं दिन मनाउन सफल ‘छक्का पञ्जा–३’ चलचित्रले सबैमाझ खुसी साटेकोे छ । चलचित्रका कलाकार, प्राविधिक तथा सञ्चारकर्मीलाई सम्मानसमेत गरेको थियो ।

पहिलो सिक्वेल ‘छक्का पन्जा’को गीत ‘सुर्के थैली खै’मा दीपक, दीपालगायत कलाकार नाचेर कार्यक्रम शुरु भएको थियो ।

वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ, नीर शाह, बसुन्धरा भुषाल, भुवन केसी, करिश्मा मानन्धर, छविराज ओझा, अशोक शर्मा, गोपाल कायस्थ, विनोद मानन्धर, सिताराम कट्टेल, सन्दिप क्षेत्री, कुञ्जना घिमिरे, वर्षा राउत, निशान भट्टराई, निर्मल शर्मालगायत कलाकार उपस्थित कार्यक्रममा धेरैले सफल चलचित्र निर्माण गर्ने ‘छक्का पञ्जा–३’ का टिमलाई बधाई दिएका थिए ।

कार्यक्रममा अभिनेता, निर्माता तथा कलाकार दीपकराज गिरीले भने– ‘यो सफलताको खुसी नेपाली चलचित्र क्षेत्रलाई समर्पित गर्न चाहन्छु’ उनले बताए ।

यस्तै चलचित्रका निर्देशक दीपाश्रीले भने– ‘यो सफलताको श्रेय दर्शक र मिडियालाई दिन चाहन्छु’ बताइन् ।

गत असोज २४ गते घटस्थापनाको दिनबाट प्रदशर््नमा आएको चलचित्रमा दिपक राज गिरी, जीतु नेपाल, शिवहरी पौडेल, दीपिका प्रसाईलगायत कलाकारको अभिनय रहेको छ ।