‘चौका दाउ’को ट्रेलर सार्वजनिक (भिडिओ)

0

चलचित्र ‘चौका दाउ’को ट्रेलर सार्वजनिक गरिएको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

पौष २७ गते रिलिज हुने चलचित्र सार्वजनिक ट्रेलरमा सिनेकाका मुख्य पात्र वर्षा राउत, सन्तोष पन्त, तैयव शाह, विल्सन बिक्रम राई, रविन्द्र झालगायतका कलाकारलाई भूमिका रहेको छ ।

सौजर्यजित बास्कोटा र मनोजराज भण्डारीले सयुक्तरुपमा निर्माण गरेका हुन् । ‘चौका दाउ’मा निर्मल शर्मा, अजस्र ढुगांना, सोनिका केसी, डा. बिकाशा नन्दलगायतका कलाकारको पनि अभिनय रहेको छ ।

सौर्यजित प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई पुर्णेन्द्र झाले निर्देशन गरेका हुन् ।

वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाको कथा तथा संगीत, अभिमन्यु निरवीको पटकथा तथा संवाद,वबसन्त श्रेष्ठ र भिमफेदी गाइजको कोरियोग्राफी, छायाँकन दीर्घ गुरुङ, सम्पादन मित्र डि गुरुङको रहेको छ ।