चार करोड हिनामिना गरेको आरोपमा लेखा अधिकृत पक्राउ

0

कटारी नगरपालिकाका लेखा अधिकृत रविनचन्द्र ढकाललाई पक्राउ गरेको छ ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकाललाई ४ करोड रकम हिनामिना गरेको आरोपमा पक्राउ गरेको हो ।

कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठका अनुसार ढकालले नगरपालिकाअन्तर्गत वितरण हुने सामाजिक सुरक्षा भत्ताका लागि विनियोजन भएको ४ करोड रकम हिनामिना गरेको आरोपमा बुधबार नै साँझ अख्तियारको टोलीले पक्राउ गरेको हो । उहाँले भन्नुभयो, “सामाजिक सुरक्षा भत्ताको कोषमा रहेको ४ करोड हिनामिना भएको पाएँ । आफैंले अख्तियारलाई खबर गरेर भर्खरै पक्राउ गर्न लगाएको छु । अब सबै कुराको खोजी हुन्छ ।”

सामाजिक सुरक्षा भत्ताको चार करोड राष्ट्रिय वाणिज्य बैंक, कटारीमा जम्मा भएको र उक्त रकम ढकालले कटारी नगरपालिकाका कार्यकारी अधिकृत पुण्यप्रसाद लुइँटेलको किर्ते सही गरेर काठमाडौँको थापाथलीस्थित राष्ट्रिय वाणिज्य बैंकबाट निकालेको खुलेको प्रमुख श्रेष्ठले बताउनुभयो ।

बैंकको खातामा तीन दिनदेखि रकम नभएको र लेखा अधिकृत ढकाल समेत फरार रहिआएका थिए । बुधबार काठमाडौँबाट ढकाललाई अख्तियारको सहयोगमा पक्राउ गरिएको हो ।