माघ २५ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘समर लभ’को टिजर सार्वजनिक भएको छ ।
सुविन भट्टराइको चर्चित उपन्यास ‘समर लभ’मा आधारित रहेर यो चलचित्र तयार पारिएको छ ।

नाइटिङ्गल इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको चलचित्र सुरज सिंह ठकुरी, आशिष पिया, रेवती क्षेत्री, नम्रता सापकोटालगायतका कलाकारको मुख्य भूमिका छ ।
मुस्कान ढकालको निर्देशन रहेको चलचित्रमा पुष्पन प्रधानको शब्द तथा संगीत, सामिप्यराज तिमिल्सिनाको पटकथा, सुविन भट्टराइको कथा छ ।
कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन, मानकृष्ण महर्जनको छायांकन, संजय लामाको डीओपी (डिरेक्टर अफ फोटोग्राफी) छ । चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको लगानी छ । चलचित्रको टिजर निकै आकर्षक छ ।
