चलचित्र धूम ३ को टेलर सार्वजनिक गरिएको छ ।
उक्त चलचित्रको टेलरमा देखाइएको छ । आफ्नो श्रीमती कुट्ने श्रीमानलाई सक्ने भए गलफ्रेण्ड कुट्न चुनौती दिइएको छ ।
धूम ३ को लेखन, निर्माण तथा निर्देशन नायक जय किशन बस्नेतले गरेका छन् भने चलचित्र जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण गरिएको छ ।
चलचित्र बस्नेतकै लेखन, निर्माण र निर्देशन समेत रहेको धूम ३ मा नायक बस्नेतका साथै नायिका एलिना रायमाझीको मुख्य भूमिका रहेको देख्न सकिनेछ । उक्त चलचित्रमा एक्सन, लभ स्टोरी तथा नारी समवेदनामा आधारित कारुणिक दृश्य पनि समेटेको देखिन्छ ।
आउँदो असोज ५ गतेदेखि देशब्यापी रुपमा प्रदर्शनको तयारी रहेको ‘धूम ३’ जय किशन बस्नेत र शिव विकको नृत्य, हिमाल केसीको व्दन्द, टंक बुढाथोकी र ओम सुनारको संगीत, जीवन श्रेष्ठको छायांकन तथा तुलसी बाँस्कोटाको सम्पादन रहेको छ ।
चलचित्रका नायक, निर्माता एवम् निर्देशक जय किशन बस्नेतले अघिल्ला चलचित्रमध्ये यस चलचित्रलाई दर्शकहरुले अझ बढी माया गर्ने आफू आशावाी रहेको बताउनुभयो ।