पुस २० गते प्रदर्शन मिति तय गरिएको चलचित्र ‘जे सुकै होस्’ को ट्रेलर सार्वजनिक भएको छ । आइतबार युटुबमार्फत् ट्रेलर सार्वजनिक भएको हो ।
लागूऔषध दुव्र्यसनीको विषयमा आधारित रहेको चलचित्र उमेश गुरुङ, चन्दा दाहाल, किस्मत तामाङ, रोशना श्रेष्ठ, सोनी गुरुङ, मेलिना ठकुरी, एनबी अन्जान, इश्वर फूयाल, कृष्ण भट्टराई, उत्सव तिमिल्सिना, सुनिल कटुवाल, राजु श्रेष्ठलगायतको भूमिका रहेको छ ।
चलचित्रलाई नवराज जंग थापा (जंगे)ले निर्माण गरेका हुन् भने उमेश गुरुङले निर्देशन गरेका हुन् ।