चलचित्र ‘अनुराग’को ट्रेलर सार्वजनिक

0

 

चलचित्र ‘अनुराग’को ट्रेलर सार्वजनिक भएको छ ।

एलिजा गौतमले डेब्यू गरेको फिल्म ‘अनुराग’को ट्रेलर सार्वजनिक गरेको हो ।

अभिनेत्री एलिजा गौतम र नव अभिनेता समुन्द्रराज पण्डितको प्रेमभावलाई प्राथमिकताका साथ राखिएको ट्रेलर सार्वजनिक गरिएको हो ।

चलचित्र ‘अनुराग’मा एलिजा र समुन्द्रसँगै सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राणा र मोहन निरौलालगायतको अभिनय देख्न सकिन्छ ।

सरोज पोखरेल र ताराप्रकाश लिम्ब्ुको संगीत रहेको चलचित्रमा किरण दाहालको कथा लेखन रहेको छ भने सत्यराज चौलागाईंको निर्देशन रहेको छ ।

आगत केसीको पटकथा एवम् संवाद रहेको चलचित्रमा चौलागाईंको नै निर्देशन रहेको छ । चलचित्र असोज १२ गतेबाट प्रर्दशनमा आउने छ ।