चर्चित श्रीलंकन क्रिकेटर फर्बेज ईपीएलमा

0

काठमाडौँ किंग्स एक्सआईबाट श्रीलंकन चर्चित क्रिकेटर अलराउण्डर फर्बेज महरुफले बिदेशी खेलाडीको रुपमा खेल्ने भएका छन्। किंग्स एक्सआई टिमको फेसबुक मार्फत श्रीलंकन क्रिकेट फर्बेज ईपीएल काठमाडौँ किंग्स एक्सआईबाट खेल्ने खुलासा गरिएको हो।

पुष ३ देखि सुरु हुने एभरेष्ट प्रिमियर लिग ईपीएल टि(२० को ईपीएलमा प्रत्येक टिमले अनिबार्य ३ जना बिदेशी खेलाडी खेलाउने नियम रहेको छ ।

काठमाडौं किंग्स एघारले पौष ३ मा प्रतियोगिताको उद्घाटन खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रियट्स बिरुद्द खेल्नेछ ।
काठमाण्डौ किंग्स एघारको टिममा सोमपाल कामी, नरेश बुढायर, सागर पुन, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, सुशील कंडेल, सिद्धान्त लोहनी, पुरन बिक, बिक्रम भुसाल, अमर सिंह रौटेला रहेका छन्।