चर्चित रियालिटी शो नेपाल आइडलबाट चलचित्र ‘प्रसाद’को ट्रेलर रिलिज

0

 

आगामी मङ्सिर २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रसाद’को ट्रेलर रिलिज गरिएकोे छ ।

शुक्रबार चर्चित रियालिटी शो नेपाल आइडलबाट चलचित्रको ट्रेलर रिलिज गरिएको हो ।

चलचित्र ‘प्रसाद’मा अभिनेताद्धय विपिन कार्की, निश्चल बस्नेत र अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको छ । सार्वजनिक ट्रेलरमा विपिन र नम्रता बिचको सम्बन्ध र यी दुईको सम्बन्धमा निश्चलको चलखेललाई प्रस्तुत गरिएको छ ।

निसन्तान दम्पत्तीको कथामा आधारित चलचित्रमा समावेश रहेको ‘लै लै’ बोलको गीत चर्चा बटुलिसकेको छ । उक्त
चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् भने सञ्चारकर्मी सुशील पौडेलको कथा रहेका छन् ।

सुवास थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्र ‘प्रसाद’मा राजेश श्रेष्ठको छायाङ्कन, सुवास भुषाल र कोसिस क्षेत्रीको संगीत, शिव विकको कोरियोग्राफी, हिमाल केसीको थ्रिल, लोकेश वज्राचार्यको सम्पादन रहेको छ ।