चर्चित भारतीय अभिनेता शशी कपुरको निधन

0
    भारतीय चलचित्र अभिनेता शशी कपुर तीन सातादेखि मुम्बईको कोकिला बेन अस्पतालमा उपचार गराइरहनु भएको थियो ।वहाँ उपचारका क्रममा निधन भएको छ । वहाँ ७९ वर्ष हुनुहुन्छ ।शशी कपुरले १ सय ६० भन्दा बढी हिन्दी र अंग्रेजी चलचित्रमा अभिनय गरिसकेका छन् । उनको जन्म सन् १९३८ मा कोलकातामा भएको थियो ।सन् १९४४ देखिनै पिता पृथ्वीराज कपुरका साथ उनले अभिनय शुरु गरेका थिए ।सन् १९६०÷७० को दशकमा भारतीय फिल्मी उद्योगमा तहल्का मच्चाएका कपुरले अभिनय गरेको जब–जब फूल खिले, कन्यादान, शर्मिली, आ गले लग जा, रोटी कपडा और मकान, चोर मचाए शोरलगायतका चलचित्र निक्कै मन पराकिएका थिए ।
वहाँ सन् २०११ मा पध्म भुषण र सन् २०१५ मा दादा साहेव पुरस्कार प्रदान गरिएको थियो ।