पछिल्लो साता नेपाली बजारमा सुनचाँदीको मुल्य लगातार बढिरहेको छ । तर आज बुधबार भने सुनको मुल्य तोलामा २ सय रुपैयाले घटेको छ ।
मंगलबार तोलामा ५ सय रुपैयाले बढेको सुनको मुल्य आज तोलामा २ सय रुपैयाले घटेर प्रतितोला ५९ हजार ८ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
छापावाला सुनको मुल्य मंगलबार प्रतितोला ६० हजार रुपैयामा किनबेच भएको थियो । आज तेजावी सुनको मुल्य प्रतितोला ५९ हजार ५ सय रुपैंयामा किनबेच भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मुल्यमा भने कुनै परिवर्तन आएको छैन। मंगलबार प्रतितोला ७ सय ३० रुपैयामा किनबेच भइरहेको चाँदीको मुल्य आज पनि सोहि मुल्यमा कायम रहेको छ ।