आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य एक सय रुपैयाँले घटेको छ।
हिजो प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज एक सय रुपैयाँले घटेर प्रतितोला ५८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसै गरी आज तेजाबी सुनको मूल्य प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेर ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।