घट्यो सुनको मुल्य

0

बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलामा तीन सयले घटेको छ । यसअघि सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज घटेर प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै आज तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारमा ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।