ग्लोबल आइएमई बैंक र स्टार अस्पताल प्रालिबीच सम्झौता

0

ग्लोबल आइएमई बैंक र स्टार अस्पताल प्रालिबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो ।

उक्त सम्भौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बजार व्यवस्थापन एवम् व्यवसाय प्रवद्र्धन विभाग प्रमुख गणेश अवस्थी र स्टार अस्पतालका प्रबन्ध निर्देशक डा. साहिल रुपाखेतीले हस्ताक्षर गर्नुभएको हो ।

उक्त सम्झौतापश्चात स्टार अस्पतालमा उपचार गराउ“दा ग्लोबल आइएमई बैंकबाट प्रिभिलेज क्रेडिट, डेबिट, क्रेडिट कार्ड लिएका बैैंकका ग्राहक तथा ग्राहकका परिवार, बैंकका कर्मचारी र कर्मचारीका परिवारले अस्पतालले प्रदान गर्ने सेवामा १५ प्रतिशतसम्म छुट पाउने छन् ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहु“च पु¥याउने उद्देश्यले १२९ वटा शाखा, १३१ वटा एटीएम, ५ वटा एक्सटेन्सन काउन्टर, १४ वटा राजस्व संकलन काउन्टर, ८७ वटा शाखारहित बैंकिङ सेवा र देश बाहिर ३ प्रतिनिधि, सम्र्पक कार्यालय मार्फत ९ लाखभन्दा बढी ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।