ग्लोबल आइएमई बैंकले सोमबारदेखि तनहु“को भानु नगरपालिका फुस्रेटारमा एक्सटेन्सन काउन्टर शुरु गरेको छ ।
भानु नगरपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानीयबासीको बिस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी एक्सटेन्सन काउन्टर शुरु गरेको हो ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले १२९ शाखा, १३१ एटीएम, ५ एक्सटेन्सन काउन्टर, १४ वटा राजस्व संकलन काउन्टर र ८७ शाखारहित बैंकिङ सेवा, ३ प्रतिनिधिमार्फत आफ्ना ९ लाखभन्दा बढी ग्राहक माझ सेवा प्रदान गर्दै आएको छ ।
बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि सम्र्पक कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइनलगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दै आइरहेको छ ।