ग्रेट माया र आयोजक लुम्बिनीले दोश्रो लुम्बिनी थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । दुवै विजेता गत संस्करणको पनि विजेता हुन् ।
ब्वाइज फाइनलमा ग्रेट मायाले किस्टलाई ११–१० को साँघुरो अन्तरले पराजित ग¥यो । ग्रेट मायाको जितमा सञ्जोग राउतले सर्वाधिक ६ अंक योगदान गरे । विशाल राईले ४ तथा सागर तामाङले १ अंक जोडे ।
चावहिलस्थित घरेलु कोर्टमा लुम्बिनीले बिग थ्रीलाई ८–४ ले हरायो । लुम्बिनीका अस्मिता केसीले ४ तथा अनिशा विष्ट र विदिशा खड्काले समान २–२ स्कोर गरे ।
फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सञ्जोग र अस्मिता ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । विजेतालाई राष्ट्रिय महिला बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठ र राष्ट्रिय बास्केटबल खेलाडी सौरभ श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगिताको ब्वाइजमा ६४ र गल्र्समा ३२ गरी ९६ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।