सामसङले नेपाली बजारमा स्मार्टफोन ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस ल्याएकोे छ । यस फोनको माध्यमबाट प्रयोगकर्ताहरुले कुराकानी गर्न, आफ्ना अनुभवहरु विश्वसामु शेयर गर्न सक्नुहुने छ । ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लसमा इमेज, भिडियो तथा इमोजीहरु शेयर गर्न सामसङले विशेष प्रविधिको प्रयोग गरेको छ । यसमा सुपर स्लोमो भिडियो खिच्न सकिने सुविधा तथा पर्सनलाइज्ड ए आर इमोजिस तथा डल्बी एटमोसको साथएकेजीद्वारा सुसज्जितगरिएको स्टेरियो स्पिकर रहेको छ । यसबाट डल्बी वातावरणको अनुभव प्रदान गर्दछ।
सामसङ मोबाइल डिभिजन नेपालका प्रमुख प्रणय रत्न स्थापितले मोबाइल फोनबाट स्व–अभि व्यक्ति एवम् कुराकानी तथा हामीले प्रयोग गर्ने स्मार्ट फोनको तरिका परिवर्तन भएको बताउनुभयो ।
ग्राहकले ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस फोन ५ हजारको तुरुन्त क्यासब्याक सहित क्रमशः ९२ हजार ९ सय तथा १ लाख ४ हजार ९ सय तोकिएको छ । दुई स्मार्ट फोन मार्च २३ तारिख नेपाली बजारमा उपलब्ध हुनेछन् ।