दिपेन्द्र लामाद्वारा निर्देशन गरिएको चलचित्र ‘गोपी’को दोस्रो गीत सार्वजनिक भएको छ ।
सार्वजनिक गरिएको ‘तेरो आफ्नो’ बोलको गीतमा शिव परियारको स्वर रहेको छ भने कल्याण सिंहको संगीत र विप्लव प्रतिकको शब्द रहेको छ ।
आरोही इन्टरटेनमेन्ट प्रालिका लागि आरोही केसीले निर्माण गरेको चलचित्रलाई दीपेन्द्रले निर्देशन गरेका हुन् ।
माघ १८ गतेबाट रिलिज हुन लागेको चलचित्रले स्वावलम्बनको विषय उठान गरेकाले यो गीतलाई ‘थिम सङ’का रुपमा प्रयोग गरिएको निर्देशक लामाले बताएका छन् । यो गीतमा चलचित्रका मुख्य कलाकार विपिन कार्कीलाई गाइ फार्ममा परिश्रमिक गरिरहेको देखाइएको छ ।
