गहनापोखरीमा छठ पर्व मनाइने…..

0

               गत वर्ष को महाभूकम्पका कारण क्षतिग्रस्त भएको रानीपोखरीको पुननिर्माण सम्पन्न हुन नसकेका कारण नेपाल हिन्दू धर्म संरक्षण मञ्च तथा विश्व हिन्दू सेना नेपालको संयुक्त आयोजना एवम् त्रिशक्ति युवा क्लबको सहयोगमा राजधानीको गहनापोखरी परिसरमा छठ पर्व मनाइने भएको छ । मञ्चले आज गहनापोखरीमा पत्रकार सम्मेलन गरी उक्त पर्व मनाउन लागेको जानकारी दिएको हो । मञ्चका अध्यक्ष किशोरी महतोले हिन्दू धर्मसँग जोडिएको पर्व भएकै कारण मञ्चले छठ पर्वको कार्यक्रम आयोजना गरेको जनाउ दिनु भएको छ ।   साथै  पत्रकार सम्मेलनमा गहनापोखरी परिसरमा मनाइने छठ पर्वमा भारतबाट कृष्णदेवनन्द गिरीजी महाराज सूर्याचार्यको समेत उपस्थिती रहने जानकारी दिदै   विश्व हिन्दू महासंघकी सचिव अस्मिता भण्डारीले छठपर्व मुलत धार्मिक एकता, भाइचारा र शान्तिको पर्याय हुने    बताए  । साथै उहाँले  छठपूजाको   दर्शन तथा पूजा अर्चनाको लागि विशिष्ट व्यक्तित्व समेतको सहभागिता रहने  बताए । prabin-shrestha-4255 prabin-shrestha-4258